डोटीमा करेन्ट लागेर चारको मृत्यु

Posted on: 03 Jul, 2018

प्रकाश बम | असार १९, डोटी | डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । मंगलवार विद्युतको पोल   गाड्ने क्रममा अादर्श गाउपालिका १ बाझककानि चासिगाउमा करेन्ट लागेर ४ जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक मान बहादुर धामीले जानकारी दिनुभयो । 

मृत्युु  हुनेमा अन्दाजि ३० बर्षका  जयन्द्र खड्का , बर्ष  २३ का प्रहरी जवान लाेकेन्द्र खड्का ,  बर्ष २४ का  बिरेन्द्र खड्का र २४ दिप बहादुर खड्का  रहेका छन् । 

त्यस्तै घाइते नारायण खड्काको  दिपायल स्थित शैलेश्वरि अस्पतालमा  उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!