७ नम्बर प्रादेशिक महोत्स डोटीमा हुने

Posted on: 12 Jan, 2018
प्रकाश बम/पुस २८, डोटी । डोटीमा ७ नम्बर प्रादेशिक महोत्सव हुने भएको छ । 
डोटी उद्योग वाणिज्य संघले आज दिपायलमा गरेको पत्रकार सम्मलेनमा आउदो माघ २८ गते देखि फागुन ९ गते सम्म आयोजना हुने जानकारी गराएको हो ।
“कृर्षि ,पर्यटन ,उद्योग ब्यापारको पूर्वाधार र ७ नम्बर प्रदेशको मुल आधार” भन्ने मुल नारामा साथ आयोजना हुन लागेको जनाएको छ ।

डोटीमा पाचौ पटक महोत्सव हुन लागेको भए पनि प्रादेशिक महोत्सब भने दोस्रो पटक हुन गइरहेको डोटी उघोग बाणिज्य संघले जनाएको छ ।
११ दिन सम्म चल्ने महोत्सबमा करीब ७० लाखको खर्च हुने  र २ करोड आम्दानि हुने अनुमान गरीएको ठोटी उघोग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो । यस बर्ष स्टल,केहि गेट, र मञ्चको जिम्मा काठमाण्डौका गोपाल पौडेललाई जिम्मा दिएको समेत अध्यक्ष खड्काले जानकारी दिनु भयो । 
एक सय ३० स्टलमा ३० स्टल उघोग बाणिज्य संघलाई दिने र अन्य बाँकि स्टलमा पौडेलले समय सापेक्ष सामान राख्न पाउने उनलाई सम्झौता गरीएको जनाएको छ ।
पौडेलले उघोग बाणिज्य संघलाई रु दुइ लाख समेत दिने कुरा समेत भएको अध्यक्ष खड्काले बताउनु भयो ।
उद्योग बाणिज्य महासंघले देशभरका दश वटा स्थानका लागि रु १० लाख सहयोग गर्ने कार्यक्रम अनुसार यस बर्ष डोटीलाई १० लाख सहयोग गरेको अध्यक्ष खड्काले बताउनु भयो । त्यस बाहेक अन्य श्रोत जुटाउन बिभिन्न संघ संस्था, ब्यक्ति सँग सहकार्य भैरहेको उहाले बताउनु भयो ।

महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकार , सेति नदिमा ¥याप्टीङ, बाल उद्धान, सुदुर पश्चिमलाई चिनाउने बिभिन्न क समेत महोत्समा प्रर्दशन लगाएतका रहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रका महासंघका केन्द्रिय सदस्य मिन बम, उद्योग बाणिज्य संघका उपाध्यक्ष बिक्रम साउद, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शंकर थापा लगाएत जिल्लामा कार्यरत पत्रकाहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सञ्चालन डोटी उद्योग बाणिज्य संघका पे्रश सल्लाहाकार योगेन्द्र बलायरले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!