डोटीमा नगरपालिकाले संचालनमा ल्यायो नगर बस

Posted on: 23 Feb, 2018

फागुन ११, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालनमा  ल्याएको छ । ७३ लाखको लगानीमा नगरपालिकाले दुईवटा नगरबस बस पहिलो पल्ट संञ्चालनमा ल्याएको हो  ।

शुक्रबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीमा नगर बसको उद्घाटन गर्नुभएको छ ।शैलेश्वरी मन्दिरमा पुजा सहित मुख्यमन्त्री भट्टले रिवन काटेर बसको उद्घाटन गर्नुभएको हो ।  

नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको पहिलो पटक हो । नगरबसको उद्घाटन पछि मुख्यमन्त्री भट्टले नगरबस संञ्चालनले सर्बसाधारण नागरिकलाई सर्बसुलभ यातायात सेवा पुग्नेमा बिश्वास ब्यक्त गर्नुभयो । 

दिपायल सिलगढी नगरपलिकाकी मेयर मञ्जु मलासीले स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गर्नूभएको थियो । सर्बसाधारण यात्रुहरुले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्येनजर गरेर नै नगरबसको अबधारणा ल्याएको उहाले बताउनुभयो । नगर क्षेत्रमा सहज गाडी नपाउदा घण्टौ कुर्नुपर्ने अबस्था रहेकाले यो अबधारणा ल्याएको बताउदै उहाले अब कम्तीमा पनि नगर बसले थोरै भएपनि राहत हुने बताउनुभयो । 

नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा सस्तो बनाउने मलासीले बताउनुभयो ।  बस संञ्चालनको कार्यबिधी बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!