गिरिजाप्रसाद कोइराला फाउण्डेशनका डोटी जिल्ला संयोजक फुलाराको निधनप्रति दुःख व्यक्त

Posted on: 29 Jul, 2019

साउन १३, काठमाडौँ   | गिरिजाप्रसाद कोइराला फाउण्डेशनले उक्त संस्थाका डोटी जिल्ला संयोजक दुर्गाप्रसाद फुलाराको निधनमा दुःख व्यक्त गरेको छ । 

फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले आज एक विज्ञप्ति जारी गरी “नेपाली काँग्रेस डोटीका पूर्व महाधिवेशन प्रतिनिधि रहनुभएका ५६ वर्षीय फुलाराको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । 

विज्ञप्तिमा स्व फुलाराको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो । फुलाराको यही साउन ११ गते डोटीमा निधन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!