डोटी बहुमुखी क्याम्पसमा नेविसंघ

Posted on: 02 Mar, 2017

फागुन १९, डोटी | डोटी बहुमुखी क्याम्पसमा भएको स्वबियू निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ । नेविसंघ र नयाँ शक्ति बिद्यार्थी युनियनको प्यानलले जित हात पारेको छ । 

सो प्यानलमा रहेका नेविसंघका बालकृष्ण साउँदले ६५ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी अनेरास्वबियू, अनेरास्वबियू(क्रान्तिकारी) र अनेरास्वबियू(छैठौ)को संयूक्त प्यानलका पदमसिँह साउदले ६० मत प्राप्त गरेका छन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघ र नयाँ शक्तिकै प्यानलका उम्मेदबारले जित हासिल गरेका छन् । सचिवमा नयाँ शक्तिका पबित्र धामीले ६२ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्दी अखिलको संयूक्त प्यानलका रुद्र बहादुर बिकले ६१ मत पाए । 

यस्तै कोषाध्यक्षमा नेविसंघकी शान्ति बोगटीले ६३ मत ल्याउदै जित हासिल गरिन् । उनका प्रतिद्वन्दी अखिल संयूक्त प्यानलका प्रशान्त थापाले ६० मत प्राप्त गरे । सदस्यहरुमा एक नेविसंघ र नयाँ शक्तिको प्यानलका बिजयी भएका छन् भने, दुई जना अखिल संयूक्त प्यानलका परेका छन् । जसमा नेविसंघका गणेश भट्टले ६२ मत, अखिल संयूक्त प्यानलकी निर्मला अबस्थीले ६२ मत र हिक्मत धामीले ६० मत प्राप्त गरी जित हात पारे । समानुपातिकमा नेपाल बिद्यार्थी संघले सबैभन्दा बढी मत प्राप्त गरेको छ । उसले ५४ मत प्राप्त गर्यो । त्यसपछि नेकपा एमाले निकटको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियनले ४४ मत प्राप्त गरेको छ । अनेरास्वबियू क्रान्तिकारीले १६ मत, नयाँ शत्ति बिद्यार्थी यूनियनले ७ मत र अखिल छैठौले एक मत प्राप्त गरेका छन् । कुल १ सय ४१ मतमध्ये १ सय २५ मत खसेका थिए । 

स्ववियू निर्बाचन अन्तर्गत डोटीमा हालसम्म तीन वटा क्याम्पसको परिणाम आएको छ । जसमा सबै क्याम्पसहरुमा नेविसंघले कब्जा जमाएको छ । यसअघि जोरायलको सेती महाकाली क्याम्पस र दिपायलको दिपायल क्याम्पसको नतिजा आउदा नेविसंघले जित हासिल गरिसकेको छ । बाकी ३ वटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!