नयाँ शक्तिका प्रभावशाली नेतासहित ७० जना एमालेमा प्रवेश

Posted on: 29 Apr, 2017

 वैशाख १६, डोटी । डोटीमा नयाँ शक्ति नेपाल पार्टीका प्रभावशाली नेताका रुपमा रहेका केन्द्रीय सदस्य एवं पूर्व सांसद मोहन बम लगायतको समूह एमालेमा प्रवेश गरेको छ ।

एमालेले पार्टी कार्यालय सिलगढीमा औपचारिक कार्यक्रम गरेर बमसहितकालाई पार्टीमा प्रवेश गराएको हो । पहिले एमाले नै रहेका बम केही वर्ष अघि तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेका थिए ।

बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी बनाएपछि उनि बाबुराम तिर गएका थिए ।  बमसँगै डोटीमा रहेको नयाँ शक्ति नेपालको ७३ सदस्यीय जिल्ला कमिटी मध्ये ३ जना बाहेक ७० जना एमालेमा प्रवेश गरेको नेता बमले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!