अध्यक्ष पदका उम्मेद्धारालाई ‘धम्की’

Posted on: 23 Jun, 2017

प्रकाश बम | असार ९, डोटी | स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि सुरक्षार्थमा खटिएका सुरक्षाकर्मिले अध्यक्ष पदका उम्मेद्धारलाई धम्की दिएको पिडितले बताएका छन् ।

डोटीको बडीकेदार गाउ पालिकामा नेकपा माओवादि केन्द्रबाट अध्यक्ष पदका उम्मेद्धार जंग बिक (शैलेन्द्र) लाई सुरक्षाकर्मिले धम्की दिएको उनले बताएका छन् । बुधबार राति नेपाली सेनाका क्याप्टन धुब्र राणा र शसस्त्र प्रहरीका ईन्सपेक्टर धन सिँ महराले भेटेर धम्की दिएको बिकले बताएका छन् । 

साबिकको बर्छेन गाविसमा रहेको राजु गेष्ट हाउसमा बसि रहेका अध्यक्ष पदका उम्मेद्धारा बिकलाई सोहि होटलको माथिल्लो तलामा बोलायर धम्क्याएको बिकको भनाई छ । बिकले भन्नुभयो, ‘उनिहरुले माथि बोलाए, अत्याधिक मदिरा पनि सेवन गरेका थिए । माथिल्लो तलामा बोलायर शसस्त्रका महराले आफु जनयुद्धको पनि सफल कमाण्डर हो, धेरै माओवादी मारेको छु म यहाँ पनि सफल हुन्छु ।’

उक्त घटनाले स्वतन्त्र र निश्पक्ष निर्वाचन हुनेमा आशंका रहेको माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी जिल्ला ईन्चार्ज त्रिलोचन भट्टले बताए । ‘चुनाबी प्रचारका क्रममा रहेका आफ्नो पार्टीका उम्मेदवारलाई भेट्न बोलाएर धम्कि दिनु आपत्तिजनक घटना भएको भट्टले बताए । घटनाको तत्काल निस्पक्ष छानबिन हुनु पर्ने र  दोषिलाई कडा कार्वाही गर्नु  भट्टको भनाई छ । 

सुदुर पश्चिम शसस्त्र प्रहरीबलका डिआईजि खड्क बहादुर राईले अनुसन्धानका लागि डिएसपी केशब प्याकुरेलको नेतृत्वमा टोली खटाएको बताए । घटनाको सत्य तथ्य के हो ? छानविनका लागि डिएसपी नेतृत्वमा बडिमालिका गण अत्तरिया, कैलालीबाट टोलि त्यस ठाउँमा पठाएको डिआईजि राईले बताए । उहाँले भन्नुभयो, ‘पहिलेको सशस्त्र प्रहरी निरिक्षकको ठाउँमा अर्का सशस्त्र प्रहरी निरिक्षक शंकर दत्त तिवारी बुधबार पठाई सकेको उनले बताए’ । दुबै सुरक्षा निकायका अधिकृतहरु फिर्ता भएर अर्का अधिकृत आईसकेको सो ठाउमा निर्वाचनका लागि खटाएका अधिकृत धनराज शर्मा बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!