नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला ईन्चार्ज पक्राउ

Posted on: 23 Jun, 2017

असार ९, डोटी । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना नेतालाई आज प्रहरीले पक्राउ गरेको छ ।

सेती ब्युरो कार्यलयका सदस्य तथा डोटी ईन्चार्ज समेत रहेका बिबेक कुमाललाई बिपिनगर प्रहरी चौकिर्ले  कैलालीको चुरे गाँउपालिका १  किम्तोलाबाट फक्राउ गरेको हो । 

असार १४ गते हुन गईरहेको स्थानियतहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै उनलाई पक्राउ गरेको बताईएको छ । 

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!