डोटीमा ७१ प्रतिशत खस्यो, मतगणना आजै देखि शुरु हुने

Posted on: 28 Jun, 2017


प्रकाश बम | असार १४, डोटी | डोटीमा स्थानिय तहको दोस्रोचरण चुनावमा मतदाताले उत्साहपूर्ण मतदान गरेका छन् । 

मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले दिनु भएको जानकारी अनुसार डोटीमा  ७१.६४ प्रतिशत मत खसेको छ । जिल्लाका सात गाउपालिका र दुई नरगरपालिकाका १सय ५५ मतदान केन्द्रबाट ७२ हजार ३ सय एकासि जना मतदाताले मतदान गरेका गरेका छन्।  

१५ हजार १ सय ५ मतदाता रहेको दिपायल सिलगढी नगरपालीकामा ६९.०४ प्रतिशत तथा  १० हजार ४ सय ३० मतदाताले मतदान गरेका छन् । त्यस्तै ११ हजार १ सय ३ मतदाता रहेको पुर्विचौकी गाउँपालिकाबाट ७१.५१ प्रतिशत तथा  ७ हजार ९ सय ४० मतदाताले मतदान गरेका छन् । 

त्यसै गरी ११ हजार ४ सय १६ मतदाता रहेको आदर्श गाउँपालिकाबाट ७०.५० प्रतिशत  तथा ८ हजार ४९ मतदाताले मतदान गरेका छन । १० हजार १ सय ७६ मतदाता रहेको केआईसिहं गाउँपालीमा (७२.७९ प्रतिसत) ७ हजार ४ सय ८ मत खसेको छ । ७ हजार ५ सय ९९ मतदाता रहेको वडिकेदार गाउँपालिकामा (७२.५६) ५ हजार ५ सय १४ मत खसेको छ । 

त्यस्तै ८ हजार ४ सय २८ मतदाता रहेको वोगटान गाउँपालिकामा (७२.५५ प्रतिसत ) ६ हजार १ सय १५ मत खसेको छ । ८ हजार ९ सय २८ मतदाता रहेको सायल गाउँपालिकामा (७०.५९ प्रतिशत) ६ हजार ३ सय ३ मत खसेको छ । भने ११ हजार १ सय ५० मतदाता रहेको जोरायल गाउँपालिकामा (७५.०६ प्रतिसत ) मत खसेको छ । १७ हजार १ सय १६ मतदाता रहेको शिखर नगरपालिकामा (७०.९६ प्रतिशत) मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

अहिले मतपत्रका बाकसहरु आ–आफ्ना गाउपालिकामा पुर्याउने काम भैरहेको  छ । आज राति सर्बदलिय बैठक बसि ९/१० बजे सम्म दिपायल सिलगढी नगरपालीको मतगणना सुरु गर्ने तयारी भइरहेको  मुख्य निर्बाचन अधिकृतको नरनारायण पौडेलले बताए  ।

जिल्लामा  १ लाख १ हजार २१ मतदाता रहेका थिए । स्थानियतहमा ३ सय ४३ जनप्रतिनिधि चयन हुने छन् । जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपले सम्पन भएको जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!