डोटी कांग्रेस पार्टी कार्यालयमा कालोझण्डा

Posted on: 18 Jan, 2018

माघ ४, डोटी | सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा हालेका छन् ।

पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो । नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन् । यस्तै कार्यालय परिसरमै प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा र देउवापत्नि आरजुको पुतला बनाएर बजार परिक्रमा गर्दै  दहन गरिएको छ ।

यसअघि हिजोदेखी नेपाली कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामुहिक रुपमा पार्टीको सदस्यता त्यागेका छन् । जसमा जिल्लामा सक्रिय सबै तहका नेता कार्यकर्ताहरुले पनि सदस्यता त्यागेको घोषणा गरेका हुन् । जसमा अझै घोषणा गर्ने क्रम जारी रहेको छ । 

यस्तै जिल्लाका बिभिन्न ठाउँमा ठाउँमा भैरहेका आन्दोलन तथा प्रदर्शनहरुमा देउवा दम्पत्तीको पुतला दहन भैरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!