डोटीमा प्रहरी र आन्दोलनकारी बिच झडप, स्थिती तनाबग्रस्त

Posted on: 19 Jan, 2018

प्रकाश बम | माघ ५, डोटी | ७ नम्बर प्रदशको अस्थायि मुकाम धनगढी तोकेपछि आन्दोलनरत आन्दोलनकारी र प्रहरी बिच आज सिलगढीमा झडप भएको छ ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथी ढुङ्गामुडा गरेपछी प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागी दुई दर्जन भन्दा बढी अश्रुज्ञास प्रहार  गरेको छ ।


दोहोरो झडप पछि स्थिती तनाबग्रस्त बनेको छ । झडप पछि के कती जना घाईते भए भन्ने कुरा यकिन हुन सकेको छैन् । आन्दोलनकारीहरुले आफुहरुको मागमा सुरक्षार्थिकर्मिहरुले दमन गरेको आरोप लगाएका छन् । 

स्थिती नियन्त्रणमा लिनका लागी के गर्नेबारेमा छलफल भैरहेको डोटीका प्रमुख जिल्ला अधिकारी सुर्य प्रशाद खत्रीले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!