प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका बलियो उम्मेद्वार अक्कल

Posted on: 28 Jan, 2018

माघ १४, प्रदेश ७ | हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लगत्तै अब देश्ले नया काचुली फेर्ने समय सुरु भएको छ । सम्बिधानमा उल्लेख भए अनुसार स्थानिय तह लगायत प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि शान्तिपुर्ण तरिकाले सकिएको छ । 

स्थानिय तहको चुनावमा एक्लै चुनाव लडेको नेकपा (एमाले) पहिलो हुन सफल भयो जुन बेला नेपाली काङ्रेस र नेकपा (माओवादि केन्द्र) गठबन्धनमा थिए तर त्यो अवस्था पछि सङै हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्म कायम रहन सकेन । नेकपा नेकपा (एमाले र नेकपा (माओवादि केन्द्र) दुबै कम्युनिस्ट पार्टी एक भएर उक्त चुनावमा होमिए र पहिलो समेत भए । ६०/४० को भागबण्डा र सहमतिको सरकार बनाउने सहमती गरेर चुनावमा लागेको बामगठबन्धनका पार्टीहरु पहिलो भैसकेको पछि अहिल प्रदेश र केन्द्रको सरकार निर्माणको प्रक्रियामा रातदिन ब्यस्त छ्न । सात वटै प्रदेशमा अब मुख्यमन्त्रीको चर्चा सुरु भैसकेको छ । प्रतिनिधि र प्रदेश सभाको चुनावको नतिजा हेर्दा ७ नम्बर प्रदेशमा पनि बामगठबन्धनको बहुमत छ । त्यसै आधारमा ७ नम्बर प्रदेशमा पनि बामगठबन्धनकै सरकार बन्ने देखिन्छ तर बामगठबन्धनबाट पनि कुन पार्टीको सरकार बन्ने अझै आनाकानी गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र यो बहसको बिशयबस्तु बनेको छ । 

प्रदेश नम्बर ६ र ४ मा नेकपा (माओवादी केन्द्र) ले सरकार बनाउन पाउने चुनावी नतिजाले स्पष्ट पारिदिएको छ । देशमै बहुमत ल्याएर अगाडी रहेको बामगठबन्धनले प्रदेश नम्बर २ भने गुमाएकै छ । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमले गठबन्धन गरेर सरकार बन्नेछ भने त्यस बाहेकका अरु प्रदेशमा भने बामगठबन्धनको बज्रस्व छ । प्रदेश नम्बर १, ३, ५ र ७ मा नेकपा (एमाले)ले सरकार बनाउने छट्काट भए पनि प्रदेश नम्बर ४ छाडेर ७ मा आफ्नो सरकार बनाउन नेकपा (माओवादी केन्द्र) पनि लचिलो बनेको छ । यदि प्रदेश नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)ले सरकार बनाउने जिम्मा पायो भने सरकारको मुख्यमन्त्री को भनेर प्रश्न उठ्नु भन्दा पहिले नै यहाँका नेकपा (माओवादी केन्द्र)का स्थानिय र केन्द्रिय नेताहरुले मुख्यमन्त्रीको उम्मेद्वार चुनिसकेका छ्न अक्कल रावल । जो नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुन ।

उनि सुर्खेतको जेलबाट हतकडी सहित भागेर जनयुद्धमा सहभागी हुँदै अखिल क्रान्तिकारीको सुर्खेत जिल्लाको अध्यक्ष र नेकपा (माओवादी केन्द्र) अछामको सेक्रेटरी समेत भइसकेका ब्यक्ती हुन । र उनलाई नेकपा (माओवादी केन्द्र) भित्रका अरु नेताहरु सङ दाज्ने हो भने उनी बराबरको क्षमता अरु कसैमा नभएको उनका अरु सहपाठीहरु बताउछन् । दस बर्षे जनयुद्धको क्रममा अछामलाई सेती–महाकाली ब्यूरोको मुख्य क्षेत्र घोषणा गरिएको बेला अछामलाई नै आधार बनाएर सेती महाकालीको धेरै फौजी कारवाही पनि भएका थिए । त्यही बेला नै अछामले भौतिक शक्तिदेखि सबै आवश्यकतालाई पुर्ति समेत गरेका थियो । त्यसै जिल्लाको पहिलो जनसरकार प्रमुख अक्कल रावल नै निर्वाचित भएका थिए । उनले जनसरकारको पहिलो अभ्यास महसुस गरे पनि कुशलतापूर्वक कार्यसम्पादन गरेका नेता तथा उनकै नजिकका स्थानियहरु खुलेरै बताउछन् ।

प्रदेश नम्बर ७ नेकपा (माओवादी केन्द्र)को हातमा परे मुख्यमन्त्रीका लागि पहिलो नम्बरमा झुझारु, निडर, अनुभवी र बिश्वासी अक्कल रावलको नाम अग्रपंक्तिमा राख्नुपर्ने नेताहरुको दाबी छ ।  उनी मात्र एकल उम्मेद्वार त हुने छैनन उनका अलवा अरु पनि नेकपा (माओवादी केन्द्र) बाटै ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आकान्क्षी पनि छ्न तर अरु आकान्क्षी भन्दा रावल अझै माथी भएको केही बिशिस्ट ब्यक्तिहरुको समेत बुझाई छ । दुख कस्ट गरेर अगाडी लम्किएका रावलको राजनितिक योगदान बराबर अरुको योगदान हुन नसक्ने केहिको बुझाई छ । रावल आफैलाई आफैमा कुनै घमण्ड समेत छैन ।

प्रदेश नम्बर ७ को प्रत्यक्ष तर्फका जम्मा ३२ सिटमा नेकपा (माओवादी केन्द्र)ले कैलाली ३ (क) बाट वीरमान चौधरी, कैलाली क्षेत्र नम्बर २ को (ख) बाट नन्दबहादुर साउद, अछाम क्षेत्र नम्बर १ को (ख) बाट झपट बोहरा, अछाम क्षेत्र नम्बर २ को (क) बाट अक्कलबहादुर रावल, एउटै क्षेत्र भएको डोटी (ख) बाट त्रिलोचन भट्ट, एउटै क्षेत्र भएको बैतडी (क) बाट प्रेमप्रकाश भट्ट, एउटै क्षेत्र भएको दार्चुलाको (ख) बाट मानबहादुर धामी र एउटै क्षेत्र भएको बझाङ (ख) बाट देवकी मल्लसहित माओवादी केन्द्रले १० सिट जित हासिल पारेको छ । - यज्ञराज उपाध्यायको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!