डोटीमा सर्पले डस्दा १८ वर्षीय किशोरको मृत्यु

Posted on: 08 May, 2017

बैशाख २५, डोटी । सर्पले डस्दा आइतबार डोटीमा एक जनाको ज्यान गएको छ । 

सर्पले डस्दा दिसी नगरपालिका– २ तिखाका १८ वर्षीय वली भुलको मृत्यु भएको हो । घरको भुइँतलामा सुतिरहेको बेला उहाँलाई सर्पले डसेको थियो । 

सर्पले डसेपछि भुललाई ढिला गरी उपचारका लागि अस्पताल पु¥याउँदा ज्यान बचाउन नसकिएको सुजङ अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!