अछाममा नदीले बगाएर डोटीका एकजना मजदुरको मृत्यु

Posted on: 12 May, 2017

बैशाख २९, अछाम । अछामको साँफेबगरमा नदीले बगाएर एकजना मजदुरको ज्यान गएको छ । 

डोटी जिल्लाको साविकको घण्टेश्वर गाविस ९३ बस्ने हर्कबहादुर रोकायको साँफे स्थित प्रभाली गाडमा बगेर बिहीबार बेलुका ज्यान गएको हो ।

 सडक मर्मतको काममा संलग्न रोकाय ढुंगा झिक्न खोलामा काम गरिरहेको बेला एक्कासी खोला बढेर बगाएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

 साँफे–दीपायल सडकखण्ड मर्मतका लागि अछाममा बस्दै आएका रोकायका अन्य साथीहरु भने बाढीबाट ज्यान जोगाउन सफल भएका छन् । खोलामै रोकायसँगै काम गरिरहेको अरु भागेर ज्यान जोगाउन सफल भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!