डोटीमा ८७ जनाको मोतीबिन्दु शल्यक्रिया

Posted on: 20 Jun, 2017

प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निशुल्क सल्यक्रिया गरीएको आँखा उपचार केन्द्र सिलगढीका ईन्चार्ज सुरज बलदारले बताउनु भयो । 

जिल्ला अस्पताल परीशर भित्र संचालन गरीएको शिबिरमा ४७ जना महिला र ४५ जना पुरुषले मोतीबिन्दुको शल्यक्रिया गरेका  छन् । शिबिरमा ५० बर्ष देखि ८५ बर्ष सम्मका बिरामिहरुले उपचार गरेका छन् । 

 शिबिरमा उपचार गर्न आएका पुर्बिचौकि गाउपालिका ४,सानागाउँका ८५ बर्षिया ठगुन्ना खड्काले आफुले यसरी एकै दिनमा उपचार गर्न पाउदा खुशि ब्यक्त गरे । उनले भने,हामि जस्ता गरीबका लागि यसले धेरै ठुलो राहात भएको छ । बृद्धहरुलाई साहार दिने संस्थाका रुपमा समेत आफुले पाएको उनले बताए ।

उमेर धेरै भएका कारण बढी यो रोग लाग्ने गरेको डाक्टर अनिल गुरुङले बताए । शिबिर सञ्चालन संस्थाले साढे तिन लाख बराबरको उपचार खर्च गरेको आँखा उपचार केन्द्र सिलगढीका ईन्चार्ज  बलदारले बताए । शिबिर नेपाल नेत्र जोति संघ गेटा ,कैलालिको आयोजनमा गरीएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!