बस एक आपसमा ठोक्किदा दुईको मुत्यु , ७ जना गम्भिर, ३८ समान्य घाईते

Posted on: 17 Oct, 2017

असोज ३१, डोटी | डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वर घोरडीमा बिपरित दिशाबाट गईरहेका दुई बस आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीतर्फ गईरहेको महाकाली यातायातको ना ५ ख ६०८१ नं. को यात्रुबहाक बस र डडेल्धुराबाट महेन्द्रनगरतर्फ गईरहेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नं. को आपसमा ठोक्किदा ३८ जना घाईते भएको स्थानीयले जानकारी दिएका छन । घाईतेहरुमध्ये उपचारका लागि दश जनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा र २८ जनालाई कैलालीको धनगढी पठाईएको छ । 

मृत्यु हुनेहरुमा बैतडी जिलला दशरथचन्द नगरपालिका–२ का ८० बर्षीया द्रोपति भण्डारी र डडेल्धुरा परशुराम नगरपालिकाका–७ का वडा अध्यक्ष तथा पत्रकार महासंघ डडेल्धुराका पूर्व अध्यक्ष केशब बोहरा छोरा १३ बर्षीय बिक्रम बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  घाईतेहरुमध्ये ७ जना गम्भिर घाईतेलाई थप उपचारका लागि कैलाली पठाईएको जनएको छ ।  तिब्र गतिमा आईरहेका र मोडमा हर्न नबजाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

दुई गाडी आपसमा ठोक्किदा सडक ब्लक भएका कारण अन्य यात्रुबहाक तथा मालबहाक सवारी साधनहरु आउजाउ गर्नमा समेत समस्या भएको घटनास्थलबाट यात्रु दिपक ओझाले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!