डोटीमा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार जना घाईते

Posted on: 04 Nov, 2017

कात्तिक १८, डोटी । डोटीमा जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।


दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका –३ देउराडीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाको थप जानकारी आउँन बाँकी छ । अहिले उद्धारको काम भैरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!