प्राविधिक शिक्षा सञ्चालन गर्न धार्मिक महोत्सव

Posted on: 14 Mar, 2018

प्रकाश बम | फागुन ३०, डोटी | डोटीमा शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको तयारी अन्तीम चरणमा रहेको आयोजकले जनाएको छ । आज सिलगढीमा गरीएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

डोटी बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा लगाएतका सर्वाङ्गिण बिकासका लागि यहि चैत्र ४ गतेदेखि ११ गते सम्म धार्मिक महायज्ञ सञ्चालन गर्न लागिएको डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले बताउनु भयो । अहिलेको समयमा प्राबिधिक शिक्षा धेरैको रोजाई र आवश्यक रहेकाले बि.एस.ए.जि पठन पाठनका लागि महोत्सव सञ्चालन गर्न लागिएको उहाले बताउनु भयो ।


शैलेश्वरी मन्दिरको धार्मिक महत्वलाइ अझै दर्शाउन महोत्वसले ठुलो भुमिका खेल्ने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा संरक्षक प्रेम शंकर भट्टले बताउनु भयो । पछिल्लो समय समाजमा मुल्य , मान्यता नैतिक हृास हुदै गएकाले यसको संरक्षणका लागि यस्ता धार्मिक ज्ञान महायज्ञ आवश्वक रहेको उहाले बताउनु भयो ।

उक्त महायज्ञमा  प्रमुख प्रबचनका लागि बिदुषि यसोदा देवि कौण्डिन्य रहेकी छन् । साथै उद्धाटनमा एक हजार आठ स्वामि लक्ष्मि देश राज आश्चार्य आउने जनाएको छ । उक्त महायज्ञमा आधाशिव र आधा पार्वतिको मुर्ति भएको अर्धनग्नको दुइ हजार दुइ सय मुर्ति समेत राखिने आयोजकले जनाएको छ ।


शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको लागि १७ वटा उपसमिति गठन गरीएको क्याम्पस प्रमुख कठायतले बताउनु भयो । बिहिबार देखि सरसफाइ,बजार सजाउने ,गेट बनाउने लगाएतका काम गरीने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!