डोटीमा भालुको आक्रमणबाट महिला गम्भीर, करेन्ट लागेर एकको मृत्यु

Posted on: 12 Aug, 2018

प्रकाश बम | साउन २७, डोटी | डोटीमा भालुको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकि छन् । दिपायल सिलगढी नगरपालिका ७ पाकरीमा बस्ने २२ बर्षिया हिरा बिष्ट घाइते भएकी हुन् । 

आज बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानिय हिक्मत बिष्टले जानकारी दिनु भयो । घाइते बिष्टको जिल्ला अस्पताल डोटीमा उपचार हुन नसके पछि थप उपचारका लागि कोहलपुर अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले जानकारी दिनुभयो  । घाइते बिष्टको टाउको, अनुहारमा गम्भीर चोट लागेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

डोटीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बोगटान गाउँपालिका–४, सात्फरीको जजला गाउँमा करेन्ट लागेर शनिवार साँझ ५६ वर्षका खडकसिंह बमको ज्यान गएको हो । 

गाउँ नजिकैको बाटोमा लत्रिएको विद्युत्तको तार छुँदा उहाँलाई करेन्ट लागेको स्थानीय खडक बोहराले बताउनुभयो । डोटीमा दुइ महिनाको अवधिमा करेन्ट लागेर ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!