डोटीमा ७४ वर्षीय वृद्दा बलाकृत, २२ वर्षीय युवक पक्राउ

Posted on: 02 Oct, 2018

असोज १६, डोटी । विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् ।

सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका-३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन ।

उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रब बिष्टले जानकारी दिए ।

उक्त घटनासहित डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!