दुर्घटनाका कारण २५ को निधन

Posted on: 25 Oct, 2018

कात्तिक ८, डोटी | सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा १४ दुर्घटनामा सात जनाको र असोज महीनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । 

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगायत कारणले दुर्घटना बढेको हो । आव ०७२÷०७३ मा १५५ सवारी दुर्घटनाबाट १२१ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव ०७३÷०७४ मा १८४ दुर्घटनामा १३२ ले र आव ०७४÷०७५ मा १६४ सवारी दुर्घटनाबाट १६६ ले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!