सुदूरपश्चिम प्रादेशिक महोत्सवको आकर्षण ट्राउट माछा

Posted on: 11 Feb, 2019

माघ २८, डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ । जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गर्नुभएको सो कक्षामा रेन्बो ट्राउट माछा राखिएको छ । सो माछा हेर्न कक्षमा भीड लाग्ने गरेको हो । 

करीब रु १० लाखको लागतमा विष्टले एक वर्ष अघि नुवाकोटबाट माछाका भुरा ल्याई माछापालन थाल्नु भएको हो । माछापालन गर्न उहाँलाई कृत्रिम तथा प्राकृतिक जलासय मत्स्य विकास केन्द्र बालाजु, काठमाडाँैले रु पाँच लाख १२ हजार तथा जोरायल गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको छ । माछापालन गर्न मत्स्य विकास केन्द्र गेटा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको छ । 

रेन्बो ट्राउट माछा बजारमा प्रतिकिलो रु एक हजार ६०० मा बिक्री हुन्छ । महोत्सव अवलोकन गर्न आउनेहरु विष्टकै कक्षामा पुग्ने गरेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । माछाको चारो काठमाडाँैबाट नै ल्याउनुपर्ने विष्ट बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!