सामाजिक सञ्जालमा साथीको फोटो प्रयोग गरी अश्लील कुरा गर्ने किशोरी पक्राउ

Posted on: 14 Feb, 2019

फागुन २, डोटी | डोटीमा साइबर क्राइमको आरोपमा एक किशोरी पक्राउ परेकी छन् । 

आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्ने गरेको भन्दै उनका नाममा पीडित किशोरीले दिएकी निवेदनको आधारमा उनि पक्राउ परेकी हुन् । 

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाण्डौ हनुमान ढोका पठाउने तयारी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!