सेती नदीमा बगेर एक जना बेपत्ता

Posted on: 27 May, 2019

जेठ १३, डोटी । सेती नदीमा नुहाउने क्रममा आज बगेर एक जना बेपत्ता भएका छन् । आदर्श गाउँपालिका–५ लामीखालका ४५ वर्षीय पुष्कर सिंह बगेर बेपत्ता भएका हुन् । 

मलामी आएका उनी शिखर नगरपालिका–११ गोघाटमा नुहाउने क्रममा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो । 

बेपत्ता सिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । सेतीमा पानीको बहाब बढी भएका कारण खोजी गर्न समस्या भएको छ । यसअघि जेठ ३ गते र जेठ ५ गते शिखर नगरपालिका–४ की धर्माकुमारी महरा र केआइसिंह गाउँपालिका–५ रानागाउँका योगबहादुर रावल सेतीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । उनीहरुको शव अहिलेसम्म फेला परेको छैन । गर्मी बढेसँगै सेतीमा नुहाउनेको सङ्ख्या बढ्दै गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!