डोटीमा जीप दुर्घटना हुदाँ ७ जना घाइते, दुईको अवस्था गम्भीर

Posted on: 22 Jul, 2019

साउन ६, डोटी | डोटीमा जीप दुर्घटना हुदाँ सात जना घाईते भएका छन् |  धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्बरको स्कारभियो जीप  गयराती  पूर्वीचौकी गाँउपालिका वडा नम्बर ५ दुर्घटना भएको  प्रहरीले जनाएको छ | प्रहरीका अनुसार घाईते मध्य दुई जनाको अबस्था गम्भीर रहेको छ |  जीप सडकबाट एक सय ५० मिटर तल खसेको छ |

जिल्ला प्रहरी कार्यालयका अनुसार  दुर्घटनामा जीप चालक अछाम मंगलसैन ५ का ३१ वर्षीय थलेन्द्र उपाध्याय, कमलबजार नगरपालिका ९ का ३३ वर्षीय दिपक प्रसाद उपाध्याय, जयगड गाउँपालिका ६ का ३ वर्षीय रतेश ठकुल्ला,सोही ठाँउका ३० वर्षीय हरक ठकुल्ला, ३ बर्षिय  रोनिश ठकुल्ला, २७ वर्षीय दीपा ठकुल्ला, रामारोशन गाउँपालिका का २३ वर्षीय रेजिना खनाल घाइते भएका छन्।

रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिए गम्भीर घाईतेलाई कोहलपुर रेफर गरिएको छ | घाइते अरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!