यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

Posted on: 05 Apr, 2020

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ । 

सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना संक्रमणको दोश्रो चरणमा पार गरेको छ । यसको मतलब विदेशबाट आएकामा मात्र नभई स्थानीयमै पनि कोरोना संक्रमण देखिएको छ । 

नेपालमै कुल संक्रमण ९ पुगेको अवस्थामा सुदुरपश्चिममै संक्रमितको शंख्या ४ पुगेपछि र स्थानीयमा समेत कोरोना संक्रमित फेला परेपछि सुदूरपश्चिममा त्रास बढेको छ । 

सुदुरपश्चिमका अधिकांश जिल्ला भारतसँग जोडिएका जिल्ला हुन् । ठूलो शंख्यामा आफ्नो रोजीरोटीका लागि सुदुरपश्चिमका युवाहरु वैदेशिक रोजगारीको क्रममा जान्छन् । जसमा ठूलो शंख्या भारत जानेको छ । उनीहरु मध्ये धेरै जना लकडाउनको केहि दिन अघि वा लकडाउनकै चरणमा बिभिन्न बाटो गरि नेपाल भित्रिएको बताइएको छ । जसको कारण पनि सुदुरपस्चिममा कोरोना संक्रमणको त्रास बढेको छ । 

फागुन तेस्रो सातायता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख २४ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजारभन्दा बढी व्यक्ति नेपाल फर्केका थिए । यसरी नेपाल छिरेका मध्ये अधिकांश सुदूरपश्चिमकानै छन् ।

सनिबार भेटिएको संक्रमित स्थानीय महिलामा कुनै लक्षण नदेखिदा पनि कोरोना पोजेटिभ भेटिएपछि अझै त्रास थपिएको छ । कैलाली घर भएका एक कोरोना संक्रमित २१ वर्षीय युवा भारतको मुम्बईबाट १२ गते धनगढीको गौरीफन्टा नाका हुँदै घर पुगेका थिए । तर घर पुगे लगत्तै उनलाई छिमेकीहरूको बलमा क्वारेन्टाइनमा पुर्‍याइएको थियो । गौरीफन्टा नाकामा उनी दिनभर अन्य एक हजार जनासँगै रोकिएको बिषयमा संचार माध्यमहरुमा समाचार छाएपछि त्यसले सिंगो सुदुरपश्चिमलाईनै त्रसित बनाइदिएको छ ।

त्यस्तै अर्का एक व्यक्ति भारतबाटै महाकाली नदिमा ट्युवको सहायताले तर्दै नेपाल प्रवेस गरेका थिए । उनिसंगै अरु ११ जना पनि नेपाल प्रवेश गरेका थिए । ससस्त्र प्रहरीले उनिहरुलाइ गड्डाचौकीस्थित हेल्थ डेस्कमा जाँच गरेर सार्वजनिक गाडीमा राखेर वेदकोट नगरपालिका–१० सुन्दरपुरको कृषि पाइलट फर्ममा बनाइएको क्वारेन्टाइनमा पुर्याईएको थियो । उनीहरुलाई पक्राउ गर्ने सुरक्षाकर्मीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । पक्राउ गरेको चैत १४ गते हो भने संक्रमित पुष्टि भएको चैत २२ गते हो । यसले पक्राउ गर्नेहरुलाई समेत कोरोनाको त्रास छ । पक्राउ परेर यतिका दिनसम्म संक्रमितसंगै क्वारेन्टाइनमा बसेकाहरुलाई समेत त्रास छ । तर संक्रमित व्यक्तिलाई प्रहरीले पक्राउ गरेर त्यसैदिन क्वारेन्टाईनमा पठाएकाले ठूलो खतरा टरेको बताइएको छ ।  

त्यसो त भारतबाट छिरेकाहरुलाई नाकामा होम क्वारेन्टाइनको सर्तमा छाडिएको छ तर त्यसरी गएकाहरु गाउँमा खुलम-खूला हिडेको पाइएको गुनाशाहरु पनि आईरहेका छन् । लकडाउन लगत्तै स्थानीय तहहरुले त्यस्ता व्यक्तिको निगरानी नगरेको कारण पनि थप संक्रमणको त्रास छ । अझै पनि लकडाउन कडा नबनाउने र स्थानीय तहहरुले उच्च सतर्कता नअपनाआउने हो भने सुदुरपश्चिममा कोरोना महामारीले उग्र रुप लिनसक्ने औंल्याईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!