सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता

Posted on: 07 Aug, 2020

साउन २३, डोटी । पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिनुभयो । 

पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा एक महिनाको अवधिमै सेती नदीमा बगेर पाँच जनाको ज्यान गइसकेको छ । वर्षात्को समयमा सेती नदीमा पानीको बहाब बढ्ने भएको सावधानी नअपनाउने गरेका कारण नदीमा पौडी खेल्न जानेहरु बगेर बेपत्ता हुन थालेको स्थानीयवासी बताउँछन् ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!