छोरी बलात्कारको आरोपमा पक्राउ

Posted on: 01 Oct, 2020

असोज १५, डोटी | जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । 

घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  इन्द्रबहादुर मल्लले दिनुभयो । अभियुक्त विकलाई प्रहरीले  अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!