समाज | डोटी - DT


डोटीमा जीपको ठक्करबाट एक बालिकाको मृत्यू

Posted on December 04, 2016 | views : 2478 | डोटी - DT

प्रकाश बम | मंसिर १९, डोटी | जीपको ठक्करबाट डोटीमा एक बालिकाको मृत्यू भएको छ । लाटामाण्डौ–८ की सिता बलायरकी ९ बर्षिया छोरी निशा बलायरको आईतबार मृत्यू भएको हो ।  प्रहरीका  अनुसार से १ ज ६१६ नम्बरको जीपले लाटामाण्डौ–९ गोपघाट नजिक आईतबार दिउँसो ती बालिकालाई ठक्कर दिएको  थियो । ठक्करबाट घ

Read More

लडागडागाबिस पूर्ण खोप युक्त घोषणा गरीयो

Posted on December 04, 2016 | views : 748 | डोटी - DT

मंसिर १८, डोटी । डोटीको लडागडा गाबिसलाई जिल्लाको ३५ औँ गाबिसका रुपमा शनिबार पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको छ । गाबिसका जन्मे देखि २३ महिना सम्मका बालबालीकाहरुले पाउनु पर्ने सम्पुर्ण खोप पाए पछि एक कार्यक्रमका बिच पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको हो ।   पूर्ण खोप युक्त गाबिस घोषणा कार्यक्र

Read More

लैगिक हिँसा बिरुद्ध डोटीमा पुरुष पद यात्रा

Posted on December 03, 2016 | views : 678 | डोटी - DT

प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीको इन्द्रचोक देखि  जिल्ला प्रशासन कार्यलय सम्म पुरुष पदयात्र निकालिएको हो ।  ‘घरशान्ति नै विश्व शान्तिको आधार,दिगो विकासका लागि लैगिक

Read More

बालबिवाह बिरुद्ध बालिका सम्मेलन डोटीमा शुरु

Posted on December 03, 2016 | views : 713 | डोटी - DT

प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानको अबसरमा शुक्रबार एक औपचारीका कार्यक्रमका बिच सिलगढीमा सम्मेलनको उद्धघाटन गरीएको हो । उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै जिल्ला

Read More

गाबिस सचिव ६५ लाख लिएर फरार

Posted on November 30, 2016 | views : 1196 | डोटी - DT

प्रकाश बम/मङ्सिर १५, डोटी । डोटीमा एक जना गाबिस सचिव ६५ लाख लिएर  फरार भएका छन् ।   जिजोडामाण्डौं र पोखरी गाविसका सचिव ईश्वर बहादुर सिंहले राष्ट्रिय बाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम  ३९ लाख र पुजिँगत तर्फको २६ लाख सहित  ६५ लाख रुपैँया हिनामिना गरेर फरा

Read More

खुला दिशामुक्त क्षेत्र घोषणा गर्न छलफल

Posted on November 29, 2016 | views : 617 | डोटी - DT

मंसिर १४, डोटी । डोटी जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि छलफल गरीएको छ । सोमवार जिल्ला स्तरीय खाने पानि तथा स्वच्छता समन्वय समितिले जिल्लामा क्रियाशिल पत्रकाहरुसं सरसफाईको अवस्था र खुला दिशामुक्त क्षेत्र घोषण सम्बन्धमा छलफल गरेको हो । जिल्लाका पचास गाविस र १ नगर पालिका असार मसान्त भि

Read More

डोटीमा बालिका सम्मेलन हुने

Posted on November 28, 2016 | views : 507 | डोटी - DT

प्रकाश बम/मङ्सिर १३, डोटी । डोटीमा बालिका सम्मेलन हुने भएको छ । सोमवार सिलगढीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।  यहि मंसिर १७,१८ र १९ गते जिल्लाको सदरमुकाम सिलगढीमा ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्मेलन गरीन लागिएको आयोजकले जानकारी गराएको छ ।  जिल्लामा

Read More

डोटीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २० जना घाइते

Posted on November 27, 2016 | views : 1109 | डोटी - DT

मंसिर १२, डोटी | डोटीको लाटामाडौं गाविसस्थित उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । कपल्लेकी गाविसबाट जन्ती बोकेर जाँदै गरेको उक्त जीप सनिबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सनिबार साँझ करिव ७ बजे उग्रतारा यातायातको से १ ज ७४७ नम्बरको जन्ती बोक

Read More

डोटीमा सिकाई शिविर संचालन

Posted on November 22, 2016 | views : 650 | डोटी - DT

मङ्सिर ७ डोटी । डोटीमा सिकाई शिबिर संचलान भईरहेको छ ।  युनिसेफ,रेष्टलेस डिभेलोप्मेन्ट नेपालसंगको साझेदारी र  सामुदायिक विकास केन्द्र डोटी द्धारा संचालित सम्भब परियोजनाको कार्यक्षेमात्र शिबिर संचालन भईरहेको हो । मंगलबार सरस्वति माध्यमिक बिद्यालय ,पचनालिमा सो कार्यक्रम गरीएको जनाएको छ । 

Read More

अन्तराष्ट्रिय बाल अधिकार दिवस डोटीमा पनि मनाइयो

Posted on November 20, 2016 | views : 689 | डोटी - DT

मंसिर ५, डोटी | अन्तराष्ट्रिय बाल अधिकार दिवस डोटीमा पनि मनाईएको छ । बाल बालिकाको इच्छा, विबाह हैन शिक्षा भन्ने मुल नाराका साथ आईतबार जिल्लाका बिभिन्न बिद्यालयमा दिवश मनाएको हो ।  दिबशका अवसरमा डोटीका १९ वटा बिद्यालयमा हाजीरी जवाफ, बक्तृत्वकला,भलिबल र साँस्कृति कार्यक्रम गरी मनाएको सामुदायिक वि

Read More

प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिता डोटीमा हुँदै

Posted on November 20, 2016 | views : 2087 | डोटी - DT

मंसिर ५, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिता सोमवार देखि डोटीमा हुने भएको छ ।  तोकिएको मितिमा टिमहरु सहभागि नभए पछि स्थगित भएको भलिबल प्रतियोगिता फेरी सोमबार देखि हुने आयोजकले साझासवाल डोटीलाई जानकारी दिएको हो । कपल्लेकी युवा समाजको आायोजनमा कात्र्तिक १८ गतेदेखि २१ सम्म हुने भनिएको ‘

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 8500 | डोटी - DT

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

Posted on October 13, 2016 | views : 1026 | डोटी - DT

असोज २७, डोटी | डोटीको सदरमुकामबाट सिलगडीबाट गाजरीतर्फ जाँदै गरेको जिप बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | जाजरी गाविस १ स्थित पालेबनमा एक्कासी जिप दुर्घटना भएको प्रहरीले जनाएको छ |  मे १ ज ६११ नम्बरको जिप ग्रामिण सडकमा दुर्घटना हुँदा गाजरी गाविस २ बस्ने २३ बर्षीय स्मृति कुवरको उपचार

Read More

सुदूरका गाउँमा चहलपहल, शहर शुनसान

Posted on October 09, 2016 | views : 1100 | डोटी - DT

प्रकाश बम | असोज २३, डोटी | नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व बडादशैले यति सुदूरपश्चिमका गाउँमा चहल पहल बढेको छ । सुदूरका सदरमुकाम तथा बजारमा देखिने चहल पहल पर्वले ग्रामिण क्षेत्रहरुमा देखिएको हो । बिभिन्न कामको शिल शिलामा सुदूरपश्चिमका सबै जिल्लामा सदरमुकामहरुमा कामका लागि बसोबास गर्नेहरु यति ब

Read More

पहिलो पटक ग्रामिण सडकमा टिकटको व्यवस्था

Posted on October 07, 2016 | views : 1577 | डोटी - DT

प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो । यसअघि वुधबार बसेको बैठकले तोकिएको भाँडादर विहिबारबाट लागु गर्न यातायात व्यवसायील

Read More

पत्रकार शाहीको सम्झनामा फलफूल वितरण

Posted on October 07, 2016 | views : 643 | डोटी - DT

असोज २१, डोटी | डोटीमा भएको सडक दुर्घटनामा निधन भएका पत्रकार कर्ण शाहीको सम्झनामा बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई फलफूल वितरण गरिएको छ । पत्रकार शाहीका भाई प्रकाश शाहीले दाईको वार्षिक पुण्यतिथीमा फलफूल वितरण गरेका हुन् । दुई वर्षअघि २०७१ असोज २० गते डोटीको जोरायल बस दुर्घटना हु

Read More

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Posted on September 30, 2016 | views : 716 | डोटी - DT

अजोस १४, सिलगढी ।‘‘सक्षम बालिका ,समृद्ध नेपाल’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय वालीका दिवस २०१६ को अवसरमा आज सिलगढीमा हाजिरी जवाफ प्रतियोगिता गरीएको छ ।  पदम पब्लीक मुक्तिनारायण माध्यमिक विद्यालको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक सहयोगमा सो कार्यक्रम गरीएको हो । उक्त विद्याल

Read More

प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबलमा सेती सप्लायर्स ‘ए’ बिजयी

Posted on September 29, 2016 | views : 664 | डोटी - DT

प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक सेती सप्लायर्स ‘ए’ हात पारेको छ । बुधबार उपाधिका लागि सिवाईसि क्लव अत्तरीया र सेती सप्लायर्स ‘ए’ विच प्रतिस्पर्धा भएको हो ।  निर्धारित समयमा सेती सप्लायर्स ‘ए’ र सिवाईसि क्लव अत्तरीयाको खेल वराबरीमा सकिए

Read More

डोटीका ग्रामिण बजारमा पहिलो पटक अनुगमन

Posted on September 28, 2016 | views : 1076 | डोटी - DT

१० बर्षसम्म कोही नगएका गाउँहरुमा एक्कासी अनुगमन गर्दा ब्यापारी चकित । प्रकाश बम | असोज १२, डोटी |   संयुक्त बजार अनुगमन समितिले डोटीका ग्रामिण क्षेत्रका स्थानिय बजारमा अनुगमनलाई तिब्रता साथ अगाढी  बढाईरहेको छ । अनुगमन समितिले डोटीका बजारका साथै ग्रामिण क्षेत्रमा रहेका बजारहरुमा पहिलो पटक

Read More

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Posted on September 17, 2016 | views : 1090 | डोटी - DT

भदौ १, बैतडी । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।  विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको

Read More

डोटीका दश विद्यालयलाई ८० लाखको सामग्री हस्तान्तरण

Posted on August 31, 2016 | views : 1086 | डोटी - DT

प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको सामग्री एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । शिक्षणमा सिकाईमा सूचना तथा प्रविधिको प्रयोगबाट सामुदायिक विद्ययालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ती सामग्री हस्तान्तरण गरिएको हो ।  कम्प्युटर शिक्षाका लागि प्रत्येक

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 14939 | डोटी - DT

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

डोटीमा धार्मिक महोत्सब गरिने

Posted on August 29, 2016 | views : 765 | डोटी - DT

भदौ १३, डोटी ।  डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो । महोत्सबको तयारी स्वरुप आईतबार क्याम्पसमा छलफलको आयोजना गरिएको छ । छलफलका क्रममा सहभाग

Read More

सेनाले नै अनुसन्धानमा धामीझाक्रीको प्रयोग गर्दै

Posted on August 29, 2016 | views : 933 | डोटी - DT

भदौ १३, डोटी ।  सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराए र हत्या पछि अनुसन्धानका लागि धामिझाक्रीको प्रयोग भएको छ । (साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन समेत गरेको थियो । त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीलाई ब्यापक यातना दिईर

Read More

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग, यातना सहन नसकी आत्महत्या

Posted on August 27, 2016 | views : 769 | डोटी - DT

अरुण बम/ललित बोहरा | भदौ ११, डोटी/डडेल्धुरा |  सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि साउन २१ मा सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्ड गठन गर्‍यो। त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीलाई ब्यापक यातना दिईरहेको कुरा बाहिर आयो। यसै यातनालाई सहन ग

Read More

डोटीमा पनि गाईजात्रा पर्व मनाईयो

Posted on August 20, 2016 | views : 2325 | डोटी - DT

प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ ।  वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । दिवंगत आत्मालाई

Read More

नेपाली सेनाका हवल्दारले आफैलाई गोली हाने

Posted on August 18, 2016 | views : 1002 | डोटी - DT

प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।  पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै फेरी आज अर्को घटनाको रहस्य बाहिर आएको छ ।  नेपाली सेनाका

Read More

सुदूरपश्चिममा ‘वल्के’ पर्व मर्नाइदै

Posted on August 17, 2016 | views : 2213 | डोटी - DT

प्रकाश बम/भदौ १, सिलगढी । मर्नेले बिसौ खानु, बाँच्नेले वल्के खानु भन्ने डोटेली उखान लाई आत्मसाथ गर्दै आज सुदूरपश्चिमभर परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो प

Read More