डडेल्धुरामा सौर्य बत्तीको शुभारम्भ

Posted on: 25 Sep, 2016

असोज ९, डडेल्धुरा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले वर्तमान सरकारको प्राथमिकता तीन तहको निर्वाचन गर्नुरहेको बताउनुभएको छ । 

उहाँले सौर्य सडक बत्तीको आज यहाँ शुभारम्भ गर्दै पहिलो चरणमा स्थानीय तहको निर्वाचनका लागि सरकार गृहकार्यमा लागेको जानकारी गराउनुभयो । 

मन्त्री पाण्डेले संविधान कार्यान्वयनदेखि भूकम्पपीडितलाई राहत दिनु पनि वर्तमान सरकारको पहिलो काम रहेको उल्लेख गर्नु भयो । 

सुदूरपश्चिममै पहिलो पटक डडेल्धुराको अमरगढी नगरपालिकामा सौर्य सडक बत्ती जडान गरिएको हो । नेपाल सरकार, अमरगढी नगरपालिका र स्थानीयवासीको जनश्रमदानबाट नगरपालिकाको पोखरा, कीर्तिपुर, तुफानडाँडा, स्याउलेमा सौर्य सडक बत्ती राखिएको छ । 

गत आवमा अमरगढी क्षेत्रमा ७२ सौर्य सडक बत्ती जडान गर्न अमरगढी–५, ७, ८ र १, ४, ५ बजार क्षेत्रका लागि छुट्टाछुट्टै उपभोक्ता समिति, आपूर्ति कर्ता र नगरपालिकाबीच सम्झौतापत्रमा दुई पक्षबीच सम्झौता गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!