राईस मिल बचाउन गौरमा भुमाफिया विरुद्ध जनप्रदर्शन

Posted on: 25 Sep, 2016

अभिमनु पटेल, असोज ९, रौतहट । रौतहट जिल्लाको गौरव गौरको सान रहेको ऐतिहासिक गौर राईसको जग्गा बचाउन जनप्रर्दशन गरिएको छ । सार्वजनिक स्थलका रुपमा वर्षौंदेखि प्रयोग भइरहेको गौर राइस मिलको जग्गामा भूमाफियाले आँखा लगाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

गौर राइस मिलको सार्वजनिक जग्गा बिक्री गर्ने उद्देश्यका साथ भूमाफियाहरु सक्रिय भएपछि सदरमुकाम गौरमा आइतबार स्थानीयले जुलुस निकालेका छन ।

वि.स. २००३ सालमा स्थापना भएको ऐतिहासिक गौर राइस मिल २०३५ सालमा बन्द भएपछि सार्वजनिक रुपमै रौतहटवासीले प्रयोग गरिरहेका छन् । राइस मिलको नाममा रहेको झण्डै ६ बिघा जग्गामा लामो समयदेखि केही भूमाफियाहरुले आँखा लगाएका छन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ सालमा मन्त्रिपरिषदबाटै सो जग्गा अधिग्रहण गर्ने निर्णय गरेका थिए । २०७१ मा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले अधिग्रहण अधिकृत नै तोकेर सो जग्गा सार्वजनिक प्रयोगका लागि गौर नगरपालिकालाई जिम्मा लगाउने तयारी समेत गरेको थियो । २०७१ असार ३० गते गौर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुनिलप्रसाद साह र प्रमुख जिल्ला अधिकारीको पहलमा जग्गा नाप जाँच गरी ५ बिघा १९ कठ्ठा १५ धुर जग्गाको मूल्यांकन रजिष्ट्रेशन दस्तुर समेत गरी १४ करोड ७ लाख ९७ हजार रुपैयाँ निकासा गर्न संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई पत्राचार समेत गरेको थियो ।

गौर नगरपालिकाले अझै पनि सो जग्गा अधिग्रहणको प्रक्रियामा रहेको बताइँरहदा गौरका केही व्यक्तिहरु सो जग्गा बिक्री गर्ने प्रयासमा रहेको स्थानीय बताउदै आजु आईतवार भुमाफियाको विरोधमा जनप्रर्दशन गरिएको छ । विभिन्न राजनीतिक कार्यक्रम, खेलकुद, मेला तथा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने सो जग्गा बिक्री गराउन भूमाफियाहरुले चलखेल गर्न थालेपछि विभिन्न राजनीतिक दल, पत्रकार, नागरिक समाज र स्थानीयले गौर राइस मिल जग्गा संरक्षण संघर्ष समिति गठन गरि संघर्ष जारी राखेको छ  ।



गौर राइस मिल जग्गा संरक्षण संघर्ष समितिको अगुवाईमा जुलुस प्रदर्शन गरिएको हो । जुलुसले गौरनगरपरिक्रमा गरेपछि प्रमुख जिल्ला अधिकारी नरहरी बराललाई ज्ञापनपत्र समेत बुझाएको छ । गौर राईसमिलको जग्गा विभिन्न समयमा भुमाफियाहरुले कव्जा गर्न खोजी रहेको छ अहिले सम्म गौरनगरपालीकाको वेवास्ताका बाबजुद स्थानियहरु भुमाफियाको योजनाहरु असफल गर्दै आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!