निर्माणाधीन पक्की पुल अलपत्र हुदा डुंगाकै भर

Posted on: 27 Sep, 2016

असोज ११, संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिकालाई जोड्ने अरुण नदीमा निर्माणाधीन पक्की पुल अलपत्र हुदा  स्थानीयवासी डुंगाको भरमा अरुण नदी वारपार गर्ने गर्छन् । लंसुवाघाटमा २ वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने पक्की अझै अलपत्र अवस्थामै छ। भोजपुरको  दिङ्लाबाट संखुवासभा सदरमुकाम खाँदबारीसम्म मोटरसाइकलमा आएकाहरू पनि डुंगामा राखेर तार्छन् ।

 पुल नबनेपछि बाढी आउँदा पनि डुंगाको भरमा अरुण नदी तर्नुपर्ने बाध्यता रहेको भोजपुर दिङ्लाका स्थानीयहरु बताउछन्।  डुंगामा अरुण नदी वारपार गर्दा लाइफ ज्याकेटको प्रयोग पनि नभएको र खचाखच गरेर डुंगा तार्ने गरेको तुम्लिङ्टारका सुरेश कुमालले बताए।  डुंगा चढ्नु बाहेक यहाँ अरु कुनै विकल्प नभएको उनले बताए ।

ठेकेदार कम्पनीले  विभिन्न कारण देखाएपछि बीचमै पुल अलपत्र पारेर हिडेपछि नदि वारपार गर्न समस्या भएको हो । भोजपुरको १८ गाविसका स्थानीय दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नका लागि संखुवासभाको तुम्लिङ्टार र सदरमुकाम खाँदबारी आउनु पर्ने भएपनि पुल नबन्दा डुंगाकै भर पर्नु पर्छ । उक्त पुल निर्माण अनिश्चित बन्नुले संखुवासभा सदरमुककाम खाँदबारी र भोजपुरको प्रमुख व्यापारीक केन्द्र दिङ्ला विचको सडक सम्बन्ध जोडिन सकेको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!