मोरङमा बैकमा जम्मा गर्न ल्याइएको २५ लाख रकम लुटियो

Posted on: 27 Sep, 2016

प्रतिक श्रेष्ठ, असोेज ११, विराटनगर । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैङ्कबाट राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याइएको २५ लाख रुपैया आज विहान करिव  ११ बजे अज्ञात समूहले लुटपाट गरेको हो ।

विराटनगरको बुधहाट चौकमा रहेको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । गाडी चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको शिशा फुटाई रकम लुटेका थिए । विराटनगरको बुधहाट चौकमा रहेको बि प्लटमा अहिले पार्किङस्थल बनाइएको छ । सो स्थान विराटनगरको ब्यस्त भएकाले सो घटना घटनु आश्चर्य जनक भएको छ ।

डेभलपमेन्ट बैङ्कले चालक र एक कर्मचारीसहित रकम जम्मा गर्न पठाएको थियो । यता प्रहरीले भने घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । चार्ड पर्व नजिकिएसँगै लुटपाटको घटना हुन नदिन प्रहरीले सतर्कता अपनाएको बताएपनि विराटनगरमा दिउँसै लुटपाट हुँदा सुरक्षा चुनौती बढेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!