निर्माण ब्यवसायि विना समृद्ध मुलक बन्न असम्भव: अध्यक्ष गौचन

Posted on: 30 Sep, 2016

जितेन्द्र भण्डारी, असोज १४, पाँचथर । नेपाल निर्माण ब्यवसायि महासंघका अध्यक्ष शरद कुमार गौचनले मुलक अव आर्थिक क्रान्ति तर्फ होमिने वेला आएको वताउनु भएको छ ।

पाँचथरको फिदिममा आज संघको दशौ साधारण सभा तथा अधिवेशनलाई सम्वोधन गर्दे उहाँले अव आर्थिक क्रान्तिले मात्रै मुलक समृद्द बन्ने उल्लेख

गर्नुभयो ।

 आर्थिक क्रान्तिका लागि अव सरकारले निर्माण ब्यवसायिलाई साथै लिएर अघि नवढेसम्म आर्थिक क्रान्ति सम्भव नहुने उहाँको भनाई छ ।

आर्थिक राजनितीक दलका नेताहरुको खोक्रो आश्वसानले मात्र आर्थिक क्रान्ति नहुने भन्दै यसका लागि कामै गरेर सुरुवात गर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो ।

मुलकलाई समृद्ध बनाएर अघि वढ्न नयाँ शिराबाट काम थाल्नुपर्ने उहाँको भनाई छ । यस्तै कार्यक्रममा वोल्दै महासंघका उपाध्यक्ष तेज कुमार कुरुम्बाङले पाँचथर जिल्लामा धेरै नेताहरु भए पनि नेता अनुसारको विकाशले फड्को मार्न नसकेको प्रति गुनासो गर्दे विकाश निर्माणमा कटिवद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्षहरु लक्ष्मण राना,रुद्र शर्मा,क्षेत्रिय उपाध्यक्ष सुरेश सुवेदी लगायत जिल्लाका राजनितीक दल,उद्योगि,ब्यवसायिहरुले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

भोलीसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका जिल्ला सचिव सूर्यप्रकाश वास्कोटाले वताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!