अपर कर्णाली परियोजना निर्माणमा पूर्ण सहयोग गर्ने सहभागिको प्रतिबद्धता

Posted on: 23 Oct, 2016

कमल रावल/कात्तिक ७, अछाम । लगानी बोर्डको आयोजना र यु एस ए आई डि को सहयोगमा जलबिद्युत परियोजना सम्वन्धिको २ दिने तालिम मंगलसेनमा सम्पन्न भएको छ ।

अछाम स्थित सञ्चारकर्मीहरुलाई जलबिद्युत आयोजनावारे जाँनकारी गराँउने उद्देश्यले आयोजित तालिममा नेपालमा जलबिद्युतको अवस्था, हाल उत्पादीत बिद्युतको अवस्था, सम्भावना र जलबिद्युतका लागि नेपालका नदीनालाहरुको उपयोगका सन्र्दभमा जाँनकारी गराईएको थियो । 

बिशेषगरी अछाम जिल्लामा निर्माण हुन लागेको ९०० मेगावाटको अपर कर्णाली जलबिद्युत परियोजनाको बारेमा जाँनकारी गराईएको थियो । हालसम्म अपरकर्णाली आयोजनाका बारेमा फैलाईएको भ्रम र वास्तविकताको सन्र्दभमा पनि प्रष्ट्याईएको थियो । 

तालिम पश्चात सहभागि सञ्चारकर्मीहरुले अपरकर्णाली आयोजना निर्माणका लागि आफ्नो तर्फवाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । यो आयोजना देशको समृद्धिसंग जोडिएको र समग्रमा यो क्षेत्रको विकास र स्थानियको जिनजीवनसंग जोडिएकोले यसको निर्माणकार्यले तिब्रता पाँउनुपर्नेमा सञ्चारकर्मीहरुको जोड थियो । 

समापन समारोहमा मन्तब्य राख्दै अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सीनाले राष्ट्रिय गौरवको रुपमा रहेको अपरकर्णाली परियोजना निर्माणका लागि सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताँउनुभयो । 

सकारात्मक सन्देश प्रवाहका लागि सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भएकाले आयोजनालाई समयमै सम्पन्न गर्न र सफल पार्नका लागि सहयोग गर्न सुझाव समेत दिनुभयो । झण्डै ७५ प्रतिशत क्षेत्र अछाम जिल्लामै प्रभावित हुने भएकाले क्षती र प्रभाव अनुसारको लाभ पनि यहाँको समुदायले पाँउनुपर्नेमा उहाँको जोड थियो । आगामी दिनमा पनि लगानी बोर्डले यस्ता क्षमता विकासका गतिविधीलाई निरन्तरता दिनुपर्नेमा सहभागिको समेत जोड थियो । 

जलबिद्युत र आर्थिक रिपोटिङ गर्नका लागि यहाँका सञ्चारकर्मीलाई पर्याप्त जाँनकारी नभएकोले थप तालिम र जाँनकारीहरु आवस्यक रहेको भन्दै त्यसको ब्यावस्था मिलाँउन लगानी बोर्डलाई सहभागिले आाग्रह गरेका छन ।

 तालिममा लगानी बोर्डले गरिरहेका क्रियाकलाप, नेपालमा जलबिद्युत परियोजनाहरुको अवस्था, अपरकर्णाली जलबिद्युत परियोजनाको पिडिएमा भएको ब्यावस्था र यस्ता परियोजनाक्षेत्रको समाचार सम्प्रेषण गर्दा के कस्तो उपाय अवलम्वन गर्ने भन्ने वारे सञ्चारकर्मीहरुलाई जानकारी गराईएको छ । 

तालिमको सहजिकरण लगानी बोर्डका प्रमुख सिनियर डिभिजन ईञ्जिनियर संजय ढुंगेल, सञ्चार परामर्शदाता प्रभाकर घिमिरे, घनश्याम ओझा, यू एस ए आई डी का परामर्शदाता रब टेलर, लगानी बोर्डका कानुनी परामर्शदाता सेमन्त दाहाल, सामाजिक क्षेत्र परामर्शदाता प्रेम खनाल लगायतले सहजिकरण गर्नुभएको थियो । 

तालिममा अछाम स्थित राष्ट्रिय र स्थानिय सञ्चारमाध्यममा कार्यरत २२ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!