सुनको भाउ उकालो लाग्यो

Posted on: 26 Oct, 2016

कात्तिक १०, काठमाडौं । सुनको भाउ बुधबार तोलामा तीन सय रुपैयाँले बढेर ५६ हजार ८ सय पुगेको छ ।

गएको शुक्रबारदेखि स्थिर रहेको सुनको भाउ मंगलबारसम्म ५६ हजार ५ सय सम्मले कारोबार भईरहेको थियो ।

यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!