दोलखाका ग्रामिण सडक मर्मत हुन नसक्दा हजारौं नागरिकलाई सास्ती

Posted on: 27 Oct, 2016

ताराबहादुर महत | कात्तिक ११, दोलखा | बर्षाका कारण दोलखाका अधिकांश ग्रामिण सडकमा क्षति पुगेर नियमित यात्रुबाहक यातायातका साधन चल्न नसक्दा दशैँ तिहार जस्ता चाडबाडको समयमा हजारौं नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ । बर्षायाममा अवरुद्ध भएका दोलखाका विभिन्न २३ वटा ग्रामिण सडक दशैं अघिनै मर्मत गरेर शुचारु गर्ने भनिए पनि हाल सम्म १० वटा मात्रै मर्मतपछि शुचारु भएको जिल्ला विकास समिति दोलखाले नियमित पत्रकार भेटघाट कार्यक्रममा बुधबार जानकारी दिएको हो ।

अधिक बर्षाका कारण बाढीपहिरोले प्रयोग गर्न अयोग्य भएका सडक खण्डमध्ये केहि मात्र दशैंअघि शुचारु भएका हुन । शुचारु हुनेमा सिंगटी–वुलुङ, सुनखानी– साङबा, नाम्दु– जुँगु –झ्याँकु, बुस्ती–पुतलीकाठ–लहरेमाने, भिरकोट–शहरे–हाँवा, भिरकोट– गैरीमुदी–छौँडे, बाघखोर–विरेन्द्र मावि, पाटी खोला –कुप्री – सेरा, गौरीशंकर बालगृह– महांकाल  सडक खण्ड रहेका छन् ।जिल्ला विकास समिति दोलखाले दशैँअघि नै बर्षायाममा अबरुद्ध भएका सिँगटी–वुलुङ, सुनखानी–साङबा, नाम्दु– जुगु– झ्याँकु, बुस्ती– पुतलीकाठ– लहरेमाने, भिरकोट–शहरे–हाँवा, भिरकोट–गैरीमुदी–छौंडे, घ्यावापानी– सेरा– सुर्के– निगाले, नयाँपुल–पवटी– भैसेडाँडा, भैसे– मेलुङ, निगाले –बाघखोर– भुषाफेदा, सिद्धाकोथान– जुगु– झ्याँकु,  मेलुङ–डाँडाखर्क, सिगंटी – गोगने, सोरुङ– चिंलखा– विगु, माल्खोला–धनुके –पिपलबोट –बुद्धचोक –आहाले, बाघखोर –विरेन्द्र मावि, सोती– निवारे, जनप्रभात मावि – झुले हेल्थपोस्ट, खावा– छौँडे, पाटीखोला –कुप्री–सेरा, गौरीशंकर बालगृह– महांकाल सडक खण्ड मर्मत गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यको ५० प्रतिशत पनि काम गर्न नसकेको बताईएको छ । 

सडक शुचारु नभएकै कारण मालबाहक यातायातका साधन समेत चल्न नसकेपछि गाउँघरमा दैनिक उपभोग्य सामानको अभाव र थोरै उपलब्ध सामानको चर्को मुल्य तिर्न नागरिकहरु बाध्य भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!