नवलपरासीमा यस्तो विद्यालय, जहाँ बालबालिका खुल्ला शौच गर्छन् (फोटो फिचर)

Posted on: 28 Oct, 2016

रबिन्द्र यादव | कात्तिक १२, नवलपरासी । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा-८, बलिनगरका बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य भएका छन् ।

सो विद्यालयमा रहेको शौचालयको सरसफाइ, पानीको ब्यवस्था, ढोका बन्द नहुँदा बालबालिकाहरु बाहिर खुल्ला शौच गर्न जाने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रन्जना कुर्मीले संचारकर्मीलाई बताउनु भएको छ । कुर्मीले हामीले खुल्ला शौचका लागि बाहिर जाँदा असुरक्षित महसुस हुने गरेको बताउछिन् । विद्यालय वरिपरि झारपात रहेकोले कहि कतै सर्प टोक्ला भन्ने डर लाग्ने गरेको हुदा पनि बाध्यताले बाहिर शौचका लागि जानू परेको बाहिर जादा खेतबारीमा काम गर्ने गरेको मान्छेहरु हुँदा लाज हुने गरेको हुन्छ र फर्केर फेरि बिना शौच गरि आउने गरेको बताउछिन् । विद्यालयले शौचालयको सुरक्षित ब्यवस्थापन मिलाई दिए हामी बाहिर खुला रुपमा शौचका लागि नजाने बताईन ।

यसैगरी विद्यालयमा उचित कक्षा कोठा नहुँदा बालबालिकाहरु खुल्ला चौरमा पढने गरेको कक्षा ८ मा अध्ययनरत छात्र साबिर अन्सारीले गुनासो गर्नु भएको छ । चर्को घाममा पनि बालबालिकाहरुलाई खुल्ला चौरमा पढाइने गरेको बताउछन् । उता नवनिर्वाचित विद्यालय व्यवस्थापक समितिका अध्यक्ष ओमप्रकाश तिवारीले आफु अगाडिको समितिलाई दोष दिदै आफु पन्छिन खोज्नु भएको छ । विसं २०५० सालमा स्थापना भएको विद्यालयमा हाल अन्दाजी चार-पाँच सय भन्दा बढि छात्रछात्रा अध्ययनरत छन् जसमध्ये अधिकांस बालबालिका दलित समुदायका रहेका छन् ।


उता सो विद्यालयका प्रअ भागवत प्रसाद केवटले जिल्ला शिक्षा कार्यालय नवलपरासीको आर्थिक सहयोगमा छ कोठा भवन निर्माण भइरहेको बताउदै भवन पुर्ण रुपमा निर्माण भएपछि सबै समस्या  समाधान हुने बताए । विपि मावि बलिनगर मा हाल एउटा मात्र शौचालय बाल विकास कोठा भित्र छ जुन शिक्षक र शिक्षिका प्रयोग गर्दै आएका छन्न । सो विद्यालयमा बालबालिकाहरुलाई बस्ने डेक्सबेन्च को समेत अभाव भएर भुई मा बसेर बालबालिका अध्ययन गरेका देख्न सकिन्छ कतिपय बालबालिका आफ्नो घरबाट बस्नका लागि बोरा ल्याउने गरेको देख्न सकिन्छ । बालबालिकाले सुरक्षित वातावरणमा अध्ययन गर्ने मौलिक अधिकार पाउन र यसमा संबंधित निकायको छिटै नै ध्यान जाओस ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!