बागलुङको ३ नम्बर क्षेत्रमा ढोरपाटन नगर र ३ गाउँपालिका बनाउने कांग्रेसको निर्णय

Posted on: 29 Oct, 2016

कृष्ण कँडेल | कात्तिक १३, बुर्तिबाङ | नेपाली कांग्रेसले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा एक नगरपालिका र ३ ओटा गाउँपालिका बनाउने प्रश्ताव गरेको छ । शुक्रबार भएको क्षेत्रीय समिति बैठकले यसअिघ जिल्ला प्रविधिक समितिले प्रश्तावित गरेको ३ गाउँपालिकाको क्षेत्रलाई नगरपालिका सहित ४ ओटा स्थानिय निकाय बनाउन प्रश्ताब गरेको हो । 

ईलाका नम्बर–१० मा पर्ने बुर्तिबाङ, राजकुत, अधिकारीचौर र बोबाङ तथा १३ मा पर्ने निसी, बोहरागाउँ र देविस्थान गाविसलाई ढोरपाटन नगरपालिका प्रश्ताव गरिएको छ । प्रश्तावित नगरपालिकाको केन्द्र बुर्तिबाङमा रहने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर–३ का सभापती दोर्णकुमार कुँवरले जानकारी दिनुभयो । 

नगरपालिका भित्रको क्षेत्रलाई सुगमता, पुर्वाधार विकाश र भौगोलिक दुर्गमताका आधारमा विभिन्न श्रीणीमा बर्गीकारण गरि करको दयरा र सेवा केन्द्र दिने व्यवस्था गर्नुपर्ने कुँवरको तर्क छ । निसी र बोबाङ गाविस अहिलेपनि राज्यको दुर्गम क्षेत्र अन्तरगत पर्ने भएकाले त्यसलाई नगरपालिका भित्रको विशेष ईकाई बनाउने प्रश्तावमा उल्लेख छ । 

ईलाका नम्बर–१२ मा पर्ने तमानखोलाका तमान, खुङ्खानी, खुङगा र बोङ्गादोभानलाई विशेष संरक्षित क्षेत्र बनाउने प्रश्ताब गरिएको छ । भौगोलिक जटिलता, पुर्वाधार निर्माणको अवस्थालाई मध्यनजर गर्दै संरक्षित क्षेत्र बनाउने निर्णय भएको काग्रेशले जनाएको छ । दर्लिङ, भिमगिठे, ग्वालीचौर र जलजला गाविसको गाउँ पालिका बनाउने निर्णय भएको छ । 

दगातुन्डाँडा, रिघा, सिसाखानी, पाण्डवखानी र रणसिंहकिटेनी गाविसलाई समेटेर अर्को गाउँपालिका बनाउने प्रश्ताब गरिएको छ । यो गाउँपालिकामा पर्ने रणसिंहकिटेनी गाविसलाई बिशेष ईकाई बनाउनुपर्ने कांग्रेसको धारणा छ । सडक पुर्वाधार नपुगेको, सामथ्र्यमा कमजोर रहेको तथा भेषभुषा र पहिचानको आधारमा रणसिंहकिटेनीलाई संरक्षित ईकाई प्रश्ताब गरिएको क्षेत्रीय सभापती कुँवरको भनाई छ । 

तिनओटै गाउँ पालिकाको केन्द्र र नामाकारणको बारेमा कुनै निर्णय भएको छैन । स्थानिय सहजतालाई ध्यानमा राखि त्यहि निर्णय गर्दा सजिलो हुने भएकाले नाम र केन्द्रमा कुनै निर्णय नभएको क्षेत्रीय समितिले जनाएको छ । 

निसीखोलाका निसी र बोहरागाउँ गाविसबाट देविस्थान र राजकुत सहित ४ गाविसको स्थानिय निकाय बनाउने प्रश्ताव भएपनि देविस्थान बुर्तिबाङ केन्द्र हुने नगरपालिकामा जान ईच्छुक देखिएकाले सवै गाविसलाई नगरपालिकामै प्रश्ताब गरिएको नेताहरुले बताएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!