डडेल्धुरामा झिलिमिली बत्तिहरुको ब्यापारमा बृद्धि

Posted on: 30 Oct, 2016

धुर्व बिष्ट कार्तिक १४,डडेल्धुरा

तिहारको चहल पहल बढेसंगै डडेल्धुरा लगायत सुदूरपश्चिममा विद्युतिय सामान लगायत पुजाआजाका सामाग्रीहरुको कारोबार समेत बढेको छ । अरु समयको तुलनामा तिहारमा बिजुली बत्तीका सामानहरुको बिक्रि बढी हुने जिल्ला सदरमुकामका व्यवसायीहरुले बताएका छन् । प्रविधिको विकास क्रमसंगै अहिले कपास तथा माटाका पालाको स्थान विजुली बत्तिले लिन थालेपछि कारोबारमा समेत यसले प्रभाव पारेको छ । माटोको पाला, कपासका बत्ती, मैनबत्तीको ठाउँमा अहिले बजारमा विजुलीका सामग्री पाइन थालेपछि यसप्रति मानिसहरुको आकर्षण बढेको हो । घरेलु सामग्रीभन्दा पनि बिजुलीका सामान उपयोग गर्न सजिलो हुने भएपछि यसको व्यापार ह्वात्तै वढेको हो । अरु समयमा व्यापार सुस्ताए पनि तिहारको समयमा भने विजुली बत्तिका सामान विक्रि बितरण गर्दै आएका पसलहरुमा अहिले व्यापार गर्न भ्याइ नभ्याइ हुने गरेको छ । अरु बेलाको भन्दा तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको माग अत्याधिक बढने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!