चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा

Posted on: 10 Nov, 2016

मकरराज धामी, कात्तिक २५, बझाङ ।  गएको असार २९ गतेको बाहुली गाडको बाढिले बगाएको चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा आएको छ । गहु छर्ने बेलामा सिचाईको लागी पानी आए पछि कृषकहरु खुसी भएका छन । कुलोमा फालिएका  खाली सिसाका बोतल, पलाष्टीक, कुहिएका तरकारी, फाटो कपडाहरु लगायतको फोहोर कुलोमा पानी संगै बग्न थाले पछि सदरमुकाम दुर्गन्धीत भएको छ ।

लामो समय सम्म पानी संचालनमा नआउदा बजार क्षेत्रका मानिसहरुले घर तथा पसल बाट निस्कने फोहोर कुलोमा फालेका थिय । हिजो देखि कुलोमा पानी संचालन भए पछि जिल्ला प्रसासन रोड चैनपुर चौराहा, खुलामञ्चरोड, पानकोट रोड लगायतका सडकमा पानी संगै फोहोर बग्न थाले पछि हिडडुलमा समस्या भएको छ । कुलोमा खानेपानीका पाईप विछायका कारण फोहोर कुलोमा अडकिदा पानी कुलो भन्दा बाहिर आएर जताततै बगेको हो ।

अधिकांसका घर आँगन र पसल भित्र समेत पानी पसेको छ । खानेपानीका पाईप लाई कुलो बाट तत्कालै हटाउन र कुलोमा जथाभावि फोहोर नफाल्न चैनपुर सिचाई कुलो उपभोक्ता समितिले आग्रह गरेको छ । हरेक महिना नगरपालिकाले रु १०० रुपयाँ उठाउछ तर यसमा नगरपालिकाले कुनै चासो नदेखाएको सदरमुकाम बासिहरुको गुनासो रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!