कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदान नपाएकोमा चिन्तित

Posted on: 11 Nov, 2016

माधव वेल्वासे/कात्तिक २६, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिनुपर्ने अनुदान नपाएको मा चिन्तित रहेका छन । 

आ व २०७१र७२ को अनुदान अन्य जिल्लाका किसानहरुले पाएको तर कपिलवस्तु र धनगढिका किसानहरु भने पाउन सकेका छैनन । कपिलवस्तुको जवभारीमा रहेको माहालक्ष्मी सुगर प्रालि र किसानहरु विच विवाद भइसकेपछि मात्र सुगर प्रा लि ले कागज पत्र पठाएको कपिलवस्तु किसान संघका अध्ध्यक्ष अनुप कुमार चौधरिले वताउनु भयो । सरकार र मिल सन्चालक हरुलाई पटक पटक अनुरोध गर्दा समेत सुनुवाई नभएको अध्यक्ष चौधरिको भनाई रहेको छ । 

कपिलवस्तुको दक्षिणि क्षेत्रमा करिव ८ हजार  किसानहरु उखुको खेति गर्ने गर्दछन । तर सरकारले दिने भनको अनुदान २ करोड ५० लाख अझै सम्म नपाउदा किसानहरु मर्कामा परेका छन । किसानहरुलाई सरकारले बेवस्ता गरेको भन्दै कपिलवस्तु किसान संघ का अधक्ष्य सहितको टोलीले कृषि मन्त्रि गैरि संकर चौधरि लाई ज्ञापन पत्र वुझाइएको छ । 

ज्ञापन पत्र वुझदै मन्त्रि चौधरिले अनुदानको प्रकृया अगाडि वढिरहेको वताउनु भएको छ । छिट्टै अनुनाद उपलव्ध गराउने आश्वासन समेत दिनुभएको छ । उता महालक्ष्मि सुगर प्रा लि का प्रवन्धक हरि नारायण चौधरिले कागजपत्र पठाउन ढिलाई गरेको स्वकार गर्दे किसानहरुलाई अनुदानको लागि आफुले प्रयास पनि गरिरहेको वताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!