जोवाङ खोलामा खानी उत्खनन रोक्न माग

Posted on: 12 Nov, 2016

कात्तिक २७, काठमाडौँ । धादिङ जिल्लाको जोगीमारास्थित जोवाङ खोलाको चुनढुङ्गा खानीको उत्खननको कार्य तत्काल रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । 

चुनढुङ्गा खानीले अनियमित र अवैज्ञानिकरुपमा उत्खनन गरेको भन्दै सोका कारण मस्र्याङ्दी हाइटेन्सन प्रसारण लाइनका टावर र बुद्ध राजमार्ग पनि प्रभावित भएको उनीहरुको गुनासो छ । 

स्थानीय जलदेवी वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव डल्लाकोटीले दैनिक ६० वटा टिपरमा चुनढुङ्गा निकाली निर्यात भइरहेकाले गाउँमा ठूलो पहिरोको जोखिम देखिएको बताउनुभयो । उहाँले आफूहरुले सो कार्य रोक्न जिल्लास्थित सरकारी कार्यालय र केन्द्रीय निकायमा ध्यानाकर्षण गराएको जनाउनुभयो । 

हेटौँडा सिमेन्ट उद्योगले जोगीमारा गाविस वडा नं १ को श्री जलदेवी सामुदायिक संरक्षित जङ्गलको निषेधित क्षेत्रबाट आफूखुसी चुनढुङ्गा निकालेको समितिको दाबी छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!