भोलीदेखि कपिलवस्तुमा हुने तेश्रो चन्द्रौटा महोत्सवको सम्पुर्ण तयारी पुरा

Posted on: 16 Nov, 2016

मनिष गुप्ता | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तु जिल्लाको चन्द्रौटामा यहि मंसिर २ गते बिहिवार देखि १२ गते सम्म हुन गइरहेको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा व्यापार संघका अध्यक्ष एवम् मेला मुल समिति संयोजक महादेव पोख्रेलले अरू वर्ष भन्दा यस वर्ष अपाङ भएका व्यति र जेष्ठ नागरिकहरुलाई प्रवेश शुल्कमा २० प्रतिशत सहुलियत तथा सिधै मंचमा प्रवेश हुन सक्ने व्यवस्था गरिएको बताएका छन् । दशर्कहरूलाई ध्यानमा राख्दै स्वच्छ खानेपानी र शौचालय समेत निर्माण गरिएको उनले बताए । संचारकर्मिको प्रश्नमा जवाब दिदै अन्य बर्षको तुलनामा यस वर्ष स्थानिय स्तरमा उत्पादित वस्तुको प्रचार-प्रसार स्टल राख्नमा सहुलियत धार्मिक स्थलहरूको प्रचार-प्रसार साथै बहादुरगंजमा रहेको सर्पदंश सेवालाई प्रत्येक टिकट मार्फत १ रूपया छुट्याईएको बताउनु भयो । 

मेलामा पर्यटन प्रर्वद्धनका लागी कपिलवस्तुमा रहेका मठ-मन्दिरहरूको फोटो प्रर्दशनि वृत-चित्रको प्रोजेकटर मार्फत प्रर्दशनि मेलाको मुख्य आकर्षणको केन्द्र विन्दुमा रहेको जिकिर गर्नु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!