दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा

Posted on: 18 Nov, 2016


कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म हुने मेलाको सबै कामहरु सकिएको मेला संयोजक माधव बास्तोलाले जानकारी दिए । मेलाको सबै काम हरु सकिएको र आन्तरिक काम भइरहेको बास्तोलाले बताए । 

 मेलाको आकर्षणमा मेलामा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ । करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ । 

कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । ३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । दसैंको अवसरमा  बास्तोला कम्प्लेक्समा  पहिलो सस्तो व्यपार मेला भएको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!