वीरगन्ज भन्सार कार्यालयबाट सैँतिस अर्ब राजस्व सङ्कलन

Posted on: 18 Nov, 2016

मङ्सिर ३, पर्सा । चालु आवको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले रु ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ । 

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले रु ३४ अर्ब ३७ करोड २२ लाखको लक्ष्य दिएको थियो । कार्यालयका प्रमख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ रु १३ अर्ब ७१ करोड ९३ लाख ५७ हजार, मूल्य अभिवृद्धी करतर्फ रु १३ अर्ब १३ करोड ३८ लाख २४ हजार, अन्तः शुल्कतर्फ रु आठ अर्ब नौ करोड ६३ लाख २८ हजार तथा अन्यतर्फ रु ६१ करोड ४९ लाख १३ हजार राजस्व सङ्कलन भएको थियो । 

आवको पहिलो चौमासिकका लागि विभागले दिएको लक्ष्यको तुलनमा ७ दशमलव ५८ प्रतिशत अर्थात् रु दुई अर्ब ६१ करोड ६३ लाख ५३ हजार बढी राजस्व सङ्कलन गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!