तेह्रथुममा सनराइज बैंकको घरकर्जा सुविधा

Posted on: 18 Nov, 2016

प्रकाश धौलाकोटी | मंसिर ३, तेह्रथुम । सनसाइज बैंक तेह्रथुम शाखाले सेवाग्राहीलाई जीवन वीमासहितको सनराइज सुरक्षित घरकर्जा सम्बन्धी जानकारी गराएको छ । 

शाखाले अन्य इलेक्ट्रोनिक बैंकिङ सेवा सुविधा बारेसमेत सहभागीलाई जनाएको हो । उवा संघको सभाहलमा भएको कार्यक्रममा घरकर्जाको लागि ऋणीको सर्वाधिक जीवन वीमाको व्यवस्था रहेको बैंकको केन्द्रीय कार्यालयबाट आएका गणेश रेग्मीले बताए । उनले ऋणीको वीमा अवधि समाप्तिपछि एकमुष्ट वोनस भुक्तानी गरिने समेत बताए । 

उनका अनुसार बैंकले घरकर्जामा ऋणीलाई ५ लाख रुपैयाँदेखि एककरोड रुपैयासम्म कर्जा प्रवाह गर्ने र त्यसको अवधि १० देखि २० वर्षसम्म रहनेछ । बैंकले घरकर्जा सम्बन्धी सुविधा दुई वर्षदेखि लागू गरिरहेको छ । कार्यक्रममा अन्य बैंकिङ सुविधा बारेसमेत जानकारी गराइएको शाखा प्रमुख द्रोणचन्द्र घिमिरेले बताए । हाल सनराइज बंैकका देशभर ६७ वटा शाखा रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!