अटोरिक्सा चालकको उदाहरणीय काम

Posted on: 19 Nov, 2016

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा परेको अनुभव वहाँ सुनाउनुहुन्छ । दश÷बीस रुपैँयाका लागि पनि किचकिच गर्नुपर्ने र हप्की दप्की मात्रै हैन सेवाग्राहीहरुले निकै अपमानित तरीकाबाट बोलेकोमा वहाँलाई निकै दुःख लागेको रहेछ । तर आज वहाँ निकै खुशी हुनुभएको थियो ।

 

नवनिर्वाचित अध्यक्षलाई टीका लगाउँदै ......

रामदल मात्रै हैन कि जिल्ला सदरमुकाम गुलरियामा गत वर्ष भारतले गरेको अघोषित नाकावन्दीपछि ४० जनाले यसरी रिक्सा चलाउँदै आएका छन् । उनीहरुले आज जिल्ला सदरमुकाम गुलरियामा एक भेलाको आयोजना गरेर अटो रिक्सा मजदुर समितिको गठन गरेका छन् । यसरी सङ्गठित हुन पाएपछि निकै खुशी लागेको र अब आफूले जेनतेन कृषि पेशा गरेर कमाएको पैसाको लगानी गरेर किनेको रिक्सा चलाउन सहज हुनेमा आशावादी रहेको गुलरिया १० का ३३ वर्षिय रिक्सा चालक मजदुर जितेन्द्र थारुले बताउनुभयो । 

अटोरिक्सा चालकहरु ......

गुलरियाको बगलामुखी चोकमा भेला भएका रिक्सा मजदुरहरुले खोम प्रसाद भुर्तेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेका छन् भने उपाध्यक्षमा विनोद वैश्य, सचिवमा जितेन्द्र थारु रहनुभएको छ। 

रिक्साचालकहरुको हक हित र अधिकारको सुनिश्चित गर्ने कार्यका लागि प्रतिवद्ध भएको वताउनुहुँदै अध्यक्ष खोम प्रसाद भुर्तेलले सबै रिक्सा चालकहरुलाई कुनै पनि नशालु पदार्थहरु सेवन गरी रिक्सा नचलाउन आग्रह गर्नुहुँदै राम्रो कमाइ गर्नका लागि आफूले पनि आप्mनो व्यवहारलाई मिठो र सभ्य बनाउनुपर्नेमा जोड दिनुभयो । यदि कसैलाई केही समस्या परेमा अफिसमा आएर उजुरी दिनका लागि समेत आग्रह गर्नुभयो । 


सबै रिक्सा चालकहरुबाट प्रतिदिन रु. २० जम्मा गरेर रिक्सा मजदुरहरको सामुहिक हकहितका लगि खर्च गरिने अध्यक्ष भुर्तेलले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!