अबरुद्ध भएको बिद्युत ७ महिनापछि पुन: सुचारु

Posted on: 20 Nov, 2016

दिनेश न्यौपाने/मङ्सिर ५, अछाम । अछामको पुर्बी क्षेत्रमा अबरुद्ध भएको बिद्युत सेवा ७ महिना पछि पुन सुचारु भएको छ । 

उक्त परियोजनाको निर्माणको नहर भत्किएर अबरुद्ध भएको बिद्युत नहरको पुर्ननिर्माण भए पछि पुन सुचारु भएको हो । ०७३ साल जेठ ६ गते आएको भिषण वर्षाले उक्त आयोजनाको नहर बगाएपछि विनायक, लयाँटि, कालीकास्थान, र बारला गाबिसका १ हजार स्थानियहरु अन्धकारमा बस्न बाध्य भएका थिए । 

करिब ५ बर्षको निकै लामो समय पछि सुचार भएको बिद्युत सेवा २०७२ साल माघ १९ गते परियोजनाको निर्माण कार्य सम्पन्न हुदा बिद्युत माघ महिनामा सुचारु भएको थियो । त्यसैको ठिक ३ महिना पछि अर्थात जेठ महिनामा बिद्युत अबरुद्ध भएको थियो । 

नहर भत्किएर अन्धकारमय बनेका अछामको पुर्बी क्षेत्रका जनताका तिज, दशै, तिहार लगाएका चाँड पर्बहरु अन्धकारमय रुपमै बितेका हुन् । करीब ३ करोड ९४ लाखको लागतमा  निमार्ण सम्पन्न भएको उक्त तालागाड लघु जल विद्युत आयोजनाले विनायक लयाँटि कालीकास्थान र बारला गाबिसका १ हजार  स्थानिय प्रत्यक्ष्य रुपमा लाभाम्बीत भएका छन् । 

यस क्षेत्रका जनताको बिजुली बाल्ने सपना पुन साकार बन्न पुगेको छ । बिद्युत सुचारु भए पछि अछामको पुर्वि क्षेत्रमा रहेको मुख्य व्यापारीक केन्द्र बिनायक बजार लगाएत गाउहरु झिलिमिली बनेका छन् । स्थानिय बासि, बिद्यार्थि, ब्यापारीहरुमा खुसियालि छाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!