गरिमा विकास बैंक लिमिटेड दशौं वर्षमा

Posted on: 23 Nov, 2016


मंसिर ८, पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड दशौं वर्षमा प्रवेश गरेको  अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत केन्द्रीय कार्यालय सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

साविकको गरिमा विकास बैंकमा साविक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंक गाभिई बनेको यस गरिमा बिकास बैंकको १२ अर्ब निक्षेप तथा कर्जा लगानी ११ अर्व २५ करोड रहेको छ । 

बैंकले केन्द्रीय कार्यालय सहित ३८ शाखा कार्यालय मार्फत ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!